कोभिड-१९ का बिरामी घटेपछि अस्ट्रेलियामा समुद्री बिच खुला गरिँदै

सिड्नी। अस्ट्रेलियामा कोभिड-१९ का बिरामी घट्दै गएपछि समुद्री बिच खुला गर्ने तयारी थालिएको छ।

खासगरी, न्यु साउथ वेल्स राज्यका तीनवटा बिच खुला गर्ने प्रान्तीय सरकारले तयारी थालेको हो।

बीबीसीका अनुसार उक्त राज्यमा पछिल्लो पटक छ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिरामी घट्दै गए पनि अस्ट्रेलियाले लकडाउनको नियम भने कायम राखेको छ।

अस्ट्रेलियामा हालसम्म छ हजार छ सय छ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। तीमध्ये चार हजार दुई सय ३० जना उपचारपछि घर फिरेका छन् भने ७० जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्