वाटफोर्डका खेलाडी पनि तलब कटौती गर्न सहमत
<p>काठमाडौं। इङ्लिस प्रिमियर लिगमा कोभिड-१९ महामारीका कारण तलब कटौती गर्न सहमत हुने वाटफोर्ड तेस्रो क्लब बनेको छ। वाटफोर्डको सिनियर टिमका खेलाडी तलब कटौती गर्न सहमत भएका छन्। </p>
<p>यसअघि साउथह्याम्पटन र वेस्ट ह्यामका खेलाडीले कोरोना भाइरस संक्रमण कारण तलब कटौतीमा सहमति जनाएका थिए। आर्सनलका खेलाडी पनि १२.५ प्रतिशत तथा चेल्सीका खेलाडीले १० प्रतिशत रकम कटौती गर्न समहत भएको जनाइएको छ। </p>
<p>वाटफोर्डमा खेलाडीसँगै व्यवस्थापनका उच्च अधिकारीहरू तथा कार्यकारी प्रमुख पनि तलब कटौतीमा सहमत भएको जनाइएको छ। </p>
<p>प्रिमियर लिगले ३० प्रतिशत रकम कटौतीको प्रस्ताव गरेको थियो। तर, प्रोफेसनल फुटबलर्स एसोसिएसनले त्यसो गर्दा नेशनल हेल्थ सर्भिस (एनएचएस)मा जाने करमा असर पर्ने बताएको थियो। यसै महीनाको शुरूमा प्रिमियर लिगका खेलाडीहरूले एनएचएस कोषमा सहयोग गर्नका लागि ‘प्लेयर्स टुगेटर’ अभियान चलाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्