पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न दूतावासको आग्रह
<p>कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई नेपाली समुदायबाट भेला/बैठक आयोजना गर्ने, चन्दा स‌कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो आग्रह गरेको हो।</p>
<p>नेपाली समुदायबाट कतारको प्रचलित कानूनविपरीतका गतिविधि भइरहेको भन्दै स्थानीय प्रशासनले दूतावासको ध्यानाकर्षण गराएको थियो।</p>
<p>दूतावासले स्थानीय सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन गर्न नेपाली समुदायमा सूचित गरेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्