भारतमा एकै दिन कोभिड-१९ का १५ सय ५३ नयाँ बिरामी
<p>नयाँदिल्ली। पछिल्लो २४ घण्टामा भारतमा कोभिड-१९ का एक हजार पाँच सय ५३ नयाँ बिरामी पत्ता लागेका छन्।</p>
<p>समाचार एजेन्सी एसोसिएट प्रेस (एपी)का अनुसार यो नयाँ बिरामी फेला परेको हालसम्मको सर्वाधिक आँकडा हो।</p>
<p>पछिल्लो तथ्यांकसहित भारतमा कोभिड-१९ का बिरामी १७ हजार पुगेका छन्। </p>
<p>भारतमा हालसम्म यस महामारीका परी पाँच सय ४३ जनाले ज्यान गुमाइसकेका छन्। आगामी ३ मेसम्म सरकारले भारतभर लकडाउन कायम राखेको छ।</p>
प्रतिक्रिया दिनुहोस्