भारतमा लकडाउनका बेला खेती गर्न छुट <p>नयाँदिल्ली। पछिल्लो २४ घण्टामा कोभिड-१९ का हालसम्मकै सर्वाधिक बिरामी फेला परिरहँदा भारत सरकारले किसानहरूका लागि लकडाउनमा छुट दिएको छ।</p> <p>पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएका एक हजार पाँच सय ५३ बिरामी फेला परेका छन्।</p> <p>त्यसका बावजुद सरकारले किसान र मजदुरलाई लक्षित गर्दै लकडाउनको कडाइ घटाएको हो। यससँगै कृषिसँग सम्बन्धित मजदुर पनि काममा निस्किन पाउने भएका छन्।</p> <p>बीबीसीका अनुसार सोमबार बिहानैदेखि किसानहरू खेतबारीमा निस्केका छन्। तिनैमध्येका हुन्, पञ्जाबको लुधियानाका किसान। उनीहरू बिहानैदेखि पाकेको गहुँ उठाउन थ्रेसर लिएर खेतमा पसेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्