कपिलवस्तुमा लकडाउन उल्लंघन गरी नमाज पढिरहेका १४ जना पक्राउ
<p>कपिलवस्तु। कपिलवस्तुको मायाँदेवी गाउँपालिका-७ धुपहीस्थित मस्जिदबाट लकडाउन उल्लंघन गरी नमाज पढिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>स्थानीय ६४ वर्षीय महोम्मद अलि मुसलमानसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गर्न भनिए पनि अटेर गरेकोले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्