महाकाली नदीमा ट्युबमार्फत मानिस तार्ने व्यक्ति पक्राउ
<p>दार्चुला। लकडाउनका बेला भारत आउनेहरूलाई महाकाली नदीमा ट्युबमार्फत मानिसहरू तार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ७ धापका २३ वर्षीय करन टमटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। </p>
<p>७ वैशाखमा राति लकडाउनका बेला अवैध रूपमा ट्युब प्रयोग गरी महाकालीमा भारतबाट नेपालतर्फ मानिस तारिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए। </p>
<p>पक्राउ परेका टमटामाथि थप अनुसन्धान भइरहेको र संक्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्