काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्‍चालनको विकल्प खोज्‍न अध्ययन समिति गठन गरेको छ।

उद्याेग मन्त्रालयकाे औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखाका प्रमुख पुष्कर शाहीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

उक्त समितिमा अर्थ, कृषि, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

त्यसैगरी, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चम्बर अफ कमर्श र घरेलु तथा साना उद्योग महासंघका एक-एक जना प्रतिनिधि पनि उक्त अध्ययन समितिमा सदस्य रहनेछन्।

उक्त अध्ययन समितिले लकडाउनबाट उद्योगरव्यवसायमा परेको असरबारे अध्ययन गरेर औद्योगिकरव्यवसायिक क्षेत्र सञ्चालनको लागी आवश्यक सुझाव तयार पार्नेछ।

समितिलाई उद्योगलाई तीन वर्गमा वर्गिकरण गरेर सञ्चालनको व्यवस्था मिलाउने गरी अध्ययन गर्न जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किने यूवाहरुलाई रोजगारी दिने सम्बन्धमा पनि अध्ययन गर्न उक्त समितिलाई जिम्मेवारी तोकिएको छ।

कोरोना दुस्प्रभावको कारण वैदेशिक रोजगारीमा रहेका नेपाली यूवाले रोजगारी गुमाउने खतरा बढेपछि मन्त्रालयले उनीहरूलाई व्यवस्थापनको योजना बनाउन मन्त्रालय जुटेको हो।

समितिका संयोजक तथा उद्योग मन्त्रालयका सहसचिव पुष्कर शाहीले देशमा सञ्चालन भईरहेका उद्योगहरुलाई सञ्चालनमा ल्याएर युवालाई रोजगारी दिनेगरी समितिले योजना बनाउने बताए।

फागुन महीनामा वैदेशिक रोजगारीमा जान स्वीकृति लिएका एक लाख १५ हजार युवा तथा फागुन र चैतको पहिलो सातासम्म वैदेशिक रोजगारीबाट फर्किएका ६५ हजार युवालाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्ने बताए।

“त्यसका लागि समितिले सम्भावित क्षेत्र पहिचान गरी आवश्यक स्रोत लगायतका विषयमा अध्ययन गर्छ”, उनले भने।

समिति गठन गर्दा मन्त्रालयले अत्यावश्यक क्षेत्रका उद्योगलाई पहिलो समूहमा राखेर सञ्चालनको वातावरण बनाउने गरी अध्ययन समितिलाई कार्यदेश तोकेको छ। दैनिक उपभोग्यका लागि आवश्यक पर्ने खाद्यान्न र औषधी लगायतका उद्योग अत्यावश्यक उद्योगको सूचीमा पर्छन।

त्यसैगरी, निर्माण सम्बन्धी उद्योगलाई दोस्रो र निर्यातमुलक उद्योगलाई तेस्रो समूहमा राखेर सञ्चालनको वातावरण तयारीका लागि अध्ययन गर्न भनिएको छ।

सिमेन्ट उत्पादक उद्योग, पाइप तथा फलाम र स्टिलका डण्डी लगायत निर्माण क्षेत्रमा प्रयोग गरिने वस्तु उत्पादन गर्ने उद्योग दोस्रो समूहमा पर्छन।

स्वदेशमा वस्तु उत्पादन गरी वैदेशिक व्यापार वा निर्यात गर्ने उद्योगलाई तेस्रो समूहमा राखेर सञ्‍चालनको वातावरण अध्ययन गरिने शाहीले बताए।

नेपालमा रहेका सबै उद्योगलाई पूर्ण क्षमतामा चलाउने विकल्पको बारेमा पनि समितिले अध्ययन गर्ने छ।

उक्त समितिलाई आगामी १५ दिन भित्र सुझावसहितको प्रतिवेदन बुझाउन समयअवधि तोकिएको छ।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनमा बन्द भएका उद्योग सञ्‍चालनको विकल्प खोज्‍न अध्ययन समिति गठन गरेको छ।

"> उद्योगलाई तीन समूहमा राखेर सञ्‍चालनकाे तयारी: Dekhapadhi
उद्योगलाई तीन समूहमा राखेर सञ्‍चालनकाे तयारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्