कांग्रेस सभापति देउवा भन्छन्- परीक्षणको दायरा समुदायस्तरमा विस्तार गरौं
<p>काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को जोखिम सामना गर्न परीक्षणको दायरा व्यापक बनाउन सरकारलाई आग्रह गरेका छन्।</p>
<p>सोमबार अपराह्न विज्ञप्तिमार्फत देउवाले भनेका छन्, ‘परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।’</p>
<p>पर्याप्त स्वास्थ्य सामग्री एवं राहतको बन्दोबस्त गरेर सरकारले यस्तो बेलामा परिस्थितिलाई असहज बन्नबाट रोक्नुपर्ने आवश्यकता पनि देउवाले औंल्याएका छन्।</p>
<p>‘सबैको साथ र विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ म स्मरण गर्न र गराउन चाहन्छु,’ देउवाको विज्ञप्तिमा भनिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्