कैलाली कारागारका कैदीबन्दीहरूको कोभिड-१९ रिपोर्ट नेगेटिभ <p>कैलाली। कैलाली कारागारमा रहेका कैदीबन्दीहरुको कोभिड-१९ को परीक्षण गरिएको छ।</p> <p>जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवा, कारागारका कैदीबन्दीहरु र उनीहरुको सुरक्षार्थ खटिएका प्रहरीहरूको र्&zwj;यापिड टेष्&zwj;ट विधिबाट परीक्षण गरिएको हो।</p> <p>जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले ६५ जना कैदीबन्दी र ३५ जना सुरक्षाकर्मी सबैको नमूना परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्