रोयल फ्लाइटमा ११० जना रूसी र युक्रेनी नागरिक स्वदेश फर्किए
काठमाडौं। नेपालमा रहेका रूसी नागरिकलाई स्वदेश फर्काउनका लागि रूसी दूतावासले चार्टर्ड गरेको जहाज आज काठमाडौं आएर फर्किएको छ।

रोयल फ्लाइट एयरलाइनसको जहाज आज बिहान १० बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

उक्त जहाजले रूस र युक्रेनका गरी एक सय १० जना यात्रु लिएर आज दिउँसो १२ बजेर ४२ मिनेटमा फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए।

रूसी दुतावासले चार्टर्ड गरेको रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ काठमाडौं आएको कर्णले बताए।

लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई सम्बन्धीत देशका नेपालस्थित दूतावासले धमाधम स्वदेश लगिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्