काठमाडौं। भौगोलिक विकटताका कारण सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा कोभिड–१९को रोकथाम तथा नियन्त्रण प्रभावकारी बन्न सकेको छैन। बैतडीमा ५०० बढीको र्यापिड किट परीक्षण गरिएको छ। उनीहरू सबैको नतिजा नेगेटिभ आएको छ।
उक्त नतिजाले केही शान्त्वना दिए पनि भारतबाट आउने क्रम नरोकिएकाले बैतडीका स्थानीय सरकारहरू अहिले तीव्र दबाब महसुस गरिरहेका छन्। यस्तो छ स्थानीय तहहरूको तयारीः
डिलासैनी गाउँपालिका
५० लाखको विशेष कोष स्थापना गरेर कोभिड–१९ रोकथाम तथा नियन्त्रण अभियानमा लागिरहेको डिलासैनी गाउँपालिकाले भारतबाट लुकिछिपी आउनेलाई सबैभन्दा चुनौतीको रूपमा लिएको छ। सीमित स्रोत साधनका बीच गाउँपालिकाले तयारी गरिरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख महेशदत्त भट्टले जानकारी दिए।
महामारीबारे जनचेतना फैलाउने, लकडाउनको पालना गराउने, राहत वितरण गर्ने लगायतका काम भइरहेको उनले बताए। भौगोलिक कठिनाइका कारण लकडाउनको पूर्ण पालना गर्न नसकिएको, पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको अभावका बावजुद स्वास्थ्यकर्मीलाई काममा लगाउनुपरेको, सुरक्षाकर्मीको कमी भएको लगायतले महामारी रोकथाम र नियन्त्रण फितलो भइरहेको गाउँपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहराले देखापढीलाई बताए।
डिलासैनी गाउँपालिकाले यो महामारी नियन्त्रण तथा रोकथामका लागि खटिने क्रममा मृत्यु भएमा उनका आश्रित परिवारलाई १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।
यस्तो छ गाउँपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः १५० वटा
क्वारेन्टाइनमा बसेकाको संख्याः ५० जना
भारतबाट फर्किएकाः २५० जना
एम्बुलेन्सः १ वटा
पीपीई सेटः ३१ वटा
पढ्नुहोस् -‘रेड जोन’को कथाः यस्तो छ कोभिड-१९ सँग जुध्ने कञ्चनपुरको तयारी
दोगडाकेदार गाउँपालिका
४३ लाख रूपैयाँको विशेष राहत कोष स्थापना गरेको दोगडाकेदार गाउँपालिकाले करीब एक हजार परिवारलाई १८७ क्विन्टल चामल वितरण गरिसकेको छ। गहुँबाली भित्र्याउने समय भएकाले लकडाउनको पूर्ण पालना गर्न समस्या भइरहेको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले जानकारी दिए।
कोभिड–१९ बारे जनचेतना जगाउन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगातयले आफ्नो तर्फबाट अहोरात्र खटिएर काम गरिरहेको अध्यक्ष कार्कीले बताए। उनले अहिलेसम्मको अवस्था हेर्दा आफ्नो गाउँपालिका सुरक्षित नै रहेको बताए।
गाउँपालिकाका ४ वडा पक्की सडक सञ्जालसँग जोडिएको तर, अन्य वडामा सडक पूर्वाधारको समस्या रहेको उनले बताए। भौगोलिक कठिनाई र स्वास्थ्य सामग्रीको अभावका बावजुद पनि कोभिड–१९ सँग जुध्ने प्रयत्न भइरहेको उनले बताए।
कार्कीका अनुसार क्वारेन्टाइनमा बसेका २० जना १४ दिने बसाई पूरा गरेर घर गइसकेका छन्। उनीहरूलाई थप सात दिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको अध्यक्ष कार्कीको भनाइ छ।
यस्तो छ गाउँपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ५० वटा
आइसोलेसन वार्डः ५ वेड
क्वारेन्टाइनमा बसेकाको संख्याः ९ जना
भारतबाट फर्किएकाः ४०० जना
स्वास्थ्य संस्थाः १० वटा
एम्बुलेन्सः १ वटा
पीपीई सेटः १० वटा
पञ्चेश्चर गाउँपालिका
बैतडी जिल्लामा अति दुर्गम मानिने पञ्चेश्वरमा भारतबाट लुकिछिपी आउने क्रम रोकिएको छैन। १ वैशाखमा मात्र ट्युवको सहारामा महाकाली नदी तरेर १२ जना भित्रिएका थिए। उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेशकुमार शर्मा बरालले जानकारी दिए।
२५ लाख रूपैयाँको विशेष कोष स्थापना गरेको गाउँपालिकाले पहिलो चरणमा ७०० परिवारलाई राहत वितरण गरिसकेको छ। इन्टरनेट सेवा नहुँदा पनि समस्या भइरहेको अधिकृत बराल बताउँछन्।
बस्ती एकदम पातलो हुँदा लकडाउन, राहत वितरण, जनचेतना फैलाउने जस्ता काममा समस्या भइरहेको उनको भनाइ छ। सुरक्षाको दृष्टिकोणले पनि भारतबाट आउनेमाथि कडाइ गर्न नसकिएको उनी बताउँछन्। स्वास्थ्य सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत महामारीका बेला खटिनेलाई अत्यन्तै जोखिम मोलेर काममा खटाउनुपरेको उनले गुनासो गरे।
यस्तो छ गाउँपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ५० वटा
क्वारेन्टाइनमा बसेकाको संख्याः ४९ जना
भारतबाट फर्किएकाः ७५० जना
एम्बुलेन्सः १ वटा
स्वास्थ्य संस्थाः ६ वटा
पीपीई सेटः १० वटा
शिवनाथ गाउँपालिका
१८ हजार जनसंख्या रहेको शिवनाथ गाउँपालिकाले १० लाख रूपैयाँको कोष स्थापना गरेर काम गरिरहेको छ। यो गाउँपालिकामा पनि बाहिरबाट आउने क्रम नरोकिएकोले जोखिम बढिरहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद बताउँछन्।
बजारमै सामानको अभाव हुँदा महामारीविरुद्ध लड्न आवश्यक पर्ने औषधि तथा उपकरण किन्न नसकिएको अध्यक्ष साउँदले बताए।
गाउँपालिकाभित्र ज्यालादारी मजदुरको तथ्यांक संकलनको काम भइरहेकोले केही दिनमै राहत वितरण गरिने उनले बताए। त्यस्तै क्वारेन्टाइनमा बसेका १२ जनामध्ये ७ जना र्यापिड किट टेष्टपछि घर फर्किसकेका छन्। उनीहरूलाई थप ७ दिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ।
यस्तो छ गाउँपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ६० वटा
क्वारेन्टाइनमा बसेकाको संख्याः ५ जना
भारतबाट फर्किएकाः ९०७ जना
एम्बुलेन्सः छैन। गाडी भाडामा लिएर बिरामी बोक्ने व्यवस्था मिलाइएको छ।
स्वास्थ्य संस्थाः ५ वटा
पीपीई सेटः ७ वटा
पढ्नुहोस्-डडेल्धुरामा कोभिड-१९ विरुद्ध तयारीः सेना र हतियारबिनाको युद्धमा स्थानीय सरकार
सिगास गाउँपालिका
२२ हजार जनसंख्या रहेको सिगास गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ३० लाख रूपैयाँको कोष स्थापना गरेर काम गरिरहेको छ। विपद् व्यवस्थापनका लागि छुट्याइएको रकमलाई महामारी रोकथाम तथा नियन्त्रणका लागि खर्च गरिरहेकोे गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।
भौगोलिक विकटताले गर्दा छिटो छरितो काम गर्न नसकिएको उनको भनाइ छ। धनगढीबाट खाद्यान्न ल्याएर राहत वितरण गर्ने काम भइरहेको समेत उनले बताए। केही दिनमा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका ५७१ परिवारलाई राहत वितरण गरिने जानकारी पनि उनले दिए।
यो गाउँपालिकाका धेरैजसो वडामा सडक सुविधा नभएकाले हिँडेरै जानुपर्दा धेरै समय लाग्ने गरेको उनले जानकारी गराए। एम्बुलेन्सको सुविधा नहुँदा गाउँपालिकाले गाडी भाडामा लिएर बिरामी बोक्न प्रयोग गरिरहेको छ। गाउँपालिकाले ७ ठाउँमा हेल्थ डेक्स स्थापना गरेको छ।
यस्तो छ गाउँपालिकाको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ९१ वटा
क्वारेन्टाइनमा बसेकाः १६ जना

स्वास्थ्य संस्थाः ९ वटा
पीपीई सेटः १९ वटा
सुर्नया गाउँपालिका
२० लाख रूपैयाँको विशेष कोराना रोकथाम कोष स्थापना गरेको सुर्नया गाउँपालिकाले गाउँपालिकाबासीका लागि टोल फ्रि नम्बरको व्यवस्था गरेको छ।
महामारीका कारण समस्यामा परेकाहरूले सो नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०९५५२००२ मा फोन गरेर गाउँपालिकाबासीले कोरोना भाईरसका कारण परेको समस्याबारे जानकारी गराउन सक्नेछन्।
लकडाउनका कारण घरबाहिर निस्किन नपाएका गाउँबासीका लागि कुनै समस्या पर्दा समाधान गर्नको लागि टोल फ्रि नम्बर प्रभावकारी बनिरहेको अध्यक्ष विष्टले बताए।
गाउँपालिकाले अझै पनि राहत वितरणको कार्यविधि पास गराउन सकेको छैन। बाहिरबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको अध्यक्ष विष्टको भनाइ छ।
यस्तो छ गाउँपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ५० वटा
क्वारेन्टाइनमा बसेकाः ३० जना
भारतबाट आएकाः ४५१ जना
स्वास्थ्य संस्थाः ८ वटा
पीपीई सेटः १० थान
पढ्नुहोस्-कोभिड–१९ महामारीविरुद्ध जुध्न भौगोलिक कठिनाइ खेप्दैछ दार्चुला
पुर्चौडी नगरपालिका
२० लाख रूपैयाँको कोरोना रोकथाम कोष स्थापना गरेको पुर्चौडी नगरपालिकाले ४६० परिवारलाई राहत वितरण गरेको छ।
गाउँघरमा लकडाउनको पूर्ण पालना गराउन समस्या रहेको नगर प्रमुख रणबहादुर कुँवरले बताए। बजार क्षेत्रमा भने लकडाउन कडाइका साथ लागू गरिएको उनले जानकारी दिए।
नगर प्रमुख कुँवरका अनुसार क्वारेन्टाइनमा बसेका २४ जना १४ दिन पुरा गरेर घर गइसकेका छन्। उनीहरूलाई थप सात दिन घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ। स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई जोखिम मोलेरै भएपनि काममा लगाउनुपरेको उनको भनाइ छ।
यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ३३४ वटा
क्वारेन्टाइनमा बसेकाः ९३ जना
भारतबाट आएकाः ९२४ जना
स्वास्थ्य संस्थाः १२ वटा
पीपीई सेटः २५ थान
एम्बुलेन्सः ६ वटा
मेलौली नगरपालिका
२५ लाख रूपैयाँको कोरोना रोकथाम कोष स्थापना गरेको मेलौली नगरपालिकाले १५ लाख रूपैयाँ औषधि किन्नका लागि मात्र छुट्याएको छ। औषधि किन्नका लागि बजेटको व्यवस्था गरिए पनि नपाउँदा समस्या भइरहेको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिए।
नगरपालिकामा शंकास्पद बिरामी देखिएको खण्डमा परीक्षणका लागि बैतडी सदरमुकाम लानुपर्ने र थप उपचारका लागि धनगढी नै पठाउनुपर्ने अवस्था रहेको नगर प्रमुख नायकले बताए।
राहत वितरणका लागि तथ्यांक संकलनको काम भइरहेकोले केही दिनमा राहत वितरण गरिने उनको भनाइ छ। भौगोलिक विकटताका कारण यसबारे जनचेतना फैलाउने काममा समस्या भइरहेको उनले गुनासो गरे।
यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ७० वटा
क्वारेन्टाइनमा बसेकाः ४ जना
भारतबाट आएकाः ४४९ जना
स्वास्थ्य संस्थाः ८ वटा
पीपीई सेटः १० थान
एम्बुलेन्सः १ वटा
पाटन नगरपालिका
२० लाख रूपैयाँको कोष स्थापना गरेको पाटन नगरपालिकाले नगरबासीको सहजताका लागि टोल फ्रि नम्बरको व्यवस्था गरेको छ। आफ्ना नगरबासीलाई महामारीका बेला पर्न सक्ने समस्याका विषयमा तत्काल जानकारी गराउने र उनीहरूका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले १६६०९५५२००३ नम्बरको टोल फ्रिको व्यवस्था गरिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।
फागुनदेखि नै विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरेर उनीहरूलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता भण्डारीले जानकारी दिए। प्रत्येक वडामा विभिन्न समिति बनाएर महामारीविरुद्धको अभियानमा लागिरहेको उनले बताए।
राहत पाउनुपर्ने वर्गले नपाउने र पहुँचकै भरमा लक्षित वर्गभन्दा बाहिरकाले नपाऊन् भनेर नगरपालिकाले घरधुरी सर्वेक्षण गरेर तोकिएको मापदण्ड अनुसार मात्र राहत वितरण गर्ने योजना रहेको उनले बताए।
नगरपालिकाले नेपाल प्रहरी र सशस्त्र गरी दुवैलाई गाडी तथा इन्धनको व्यवस्था गरिदिएको छ।
यस्तो छ नगरपालिकाको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः ९६ वटा
आइसोलेनस वार्डः ५
क्वारेन्टाइनमा बसेकाः ९ जना
भारतबाट आएकाः ४८१ जना
पीपीई सेटः ५० थान
एम्बुलेन्सः १ वटा
दशरथचन्द नगरपालिका
करीब २० लाख रूपैयाँ जति महामारी रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको नगरपालिकाले सबै बजेट खर्च गरिसकेको छ।
औषधि तथा स्वास्थ्य उपकरण खरिद, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको व्यवस्थापन, क्वारेन्टाइन निर्माण लगायतका काममै उक्त बजेट खर्च भइसकेको र थप बजेटको व्यवस्थापन भइरहेको नगर प्रमुख नरेन्द्रसिंह थापाले बताए।
नेपाल–भारत सीमा नाका झुलाघाट प्रमुख नाका भएकाले त्यहाँबाट आउनेको व्यवस्थापन गर्न समस्या हुने गरेको उनको भनाइ छ। आफ्नो नगर क्षेत्रका भन्दा बाहिरका मानिसहरू बढी आउने गरेकोले सम्बन्धित् ठाउँमा नपुर्याउँदासम्म नगरपालिकाले नै उनीहरूको व्यवस्थापन गर्नुपरेको उनले बताए। अझै पनि झुलाघाट पारी २५० जना भन्दा बढी नेपाली रहेकोले उनीहरू नेपाल प्रवेश गर्नेबित्तिकै सबै व्यवस्थापन आफ्नै नगरपालिकाले गर्नुपर्ने उनले बताए।
“भारतले सधैँ राति मात्र छोड्छ। राति आएकाहरूलाई सम्बन्धित् जिल्लासम्म पुर्याउन त केही समय लाग्छ। त्यतिञ्जेलसम्मको व्यवस्थापन हामीले गर्नुपर्छ”, उनले भने।
दुई हजार ८९८ परिवारको लगत संकलन गरिसकेकोले केही दिनमै राहत वितरण गरिने नगर प्रमुख थापाले बताए। स्वास्थ्य परीक्षणका लागि थर्मल गन नहुँदा मर्करी थर्मोमिटरले नै ज्वरो परीक्षण गरिरहेको उनले जानकारी दिए।
यस्तो छ नगरपालिको अवस्थाः
क्वारेन्टाइन बेड संख्याः १०० वटा
क्वारेन्टाइनमा बसेकाः २० जना
भारतबाट आएकाः ५३१ जना
पीपीई सेटः ५० थान
एम्बुलेन्सः १ वटा
स्वास्थ्य संस्थाः ११
पढ्नुहोस्
यसरी कोभिड–१९ सँग जुधिरहेछ उच्च जोखिमको जिल्ला कैलाली
" /> काठमाडौं। भौगोलिक विकटताका कारण सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा कोभिड–१९को रोकथाम तथा नियन्त्रण प्रभावकारी बन्न सकेको छैन। बैतडीमा ५०० बढीको र्यापिड किट परीक्षण गरिएको छ। उनीहरू सबैको नतिजा नेगेटिभ आएको छ।उक्त नतिजाले केही शान्त्वना दिए पनि भारतबाट आउने क्रम नरोकिएकाले बैतडीका स्थानीय सरकारहरू अहिले तीव्र दबाब महसुस गरिरहेका छन्। यस्तो छ स्थानीय तहहरूको तयारीः

">