चिनियाँ राष्ट्रपतिको भ्रमणले त्रिदेशिय सहकार्यको बाटो खुल्योः दाहाल (भिडिओ)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालको समृद्धिको यात्रालाई सहज बनाएको बताएका छन्।

नेकपाले आज काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन्।

दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक वार्तापछि सी नेपाल भ्रमणमा आउँदा त्रिदेशिय सहकार्यका लागि मार्ग बनेको बताए।

२३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्