डीआईजीमा बढुवा भएका १० प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं। नेपाल प्रहरीको डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

डीआईजीमा बढुवा भएका घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त,  ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुण बिसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

दिउँसो दर्ज्यानी चिन्ह पाएका उनीहरूलाई आज बेलुकासम्म जिम्मेवारी दिइने तयारी भइरहेको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा एआईजीहरू तारणिप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्राविधिकतर्फका एआईजी डा.आशा सिंहलगायत प्रहरी अधिकारीहरूको सहभागिता थियो।

२८ चैत बेलुका गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको थियो।  प्रहरीमा रहेको डीआईजीको २६ दरबन्दीमा १२ दरबन्दी कटौती गरेपछि रिक्त रहेको १० पदमा बढुवा सिफारिस गरिएकाे थियाे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्