“नेपाल र चीन सरकारबीच यसअघि सीमा नियमनबारे भएको सहमतिलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुइ देशबीचको सीमा नियमन र सहकार्य प्रभावकारी हुने विश्वास लिएका छौं ।” चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि नेपाल र चीनद्धारा जारी संयुक्त वक्तव्यमा समावेश बुँदाको अंश हो, यो । नेपाल–चीनबीचको सीमा नियमनबारे सन् १९५६ मा भएको सहमतिलाई सम्झेका दुवै देशले अब सीमा नियमनसम्बन्धी सहकार्य थप प्रभावकारी हुने विश्वास लिएका छन् ।

चीनसँग जोडिएको नेपालको उत्तरी सीमा व्यवस्थित गर्न दुइ देशबीच यसखाले समान धारणा बन्नुअघि नै सशस्त्र प्रहरी बलले भने आफ्नो पहल अघि बढाइसकेको थियो । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले पहिलो पटक उत्तरी सीमानाकामा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी सुरज श्रेष्ठले चीनसँग सीमा जोडिएका चार ठाउँमा चालु आर्थिक बर्षभित्रै बीओपी स्थापना गर्न तयारी शुरू गरिएको देखापढीलाई बताए । “अहिलेसम्म दक्षिणी सीमामा मात्र हाम्रा बीओपीहरु थिए, अब उत्तरी सीमामा पनि राख्ने प्रक्रिया अघि बढाइएको छ,” डीआइजी श्रेष्ठले भने ।

यसअघि तातोपानी र रसुवागढी नाकामा राजस्व भन्सार गुल्मका रुपमा सशस्त्र प्रहरीलाई खटाइए पनि सीमा नियमनका लागि पहिलोपटक तैनाथ गर्न लागिएको हो ।

सशस्त्र प्रहरीका अनुसार उत्तरतर्फ पनि सीमा सुरक्षा संवेदनशील देखिएकाले बोर्डर आउट पोस्ट राख्न लागिएको हो । चीनसँग सीमा जोडिएका क्षेत्रमा चोरी, तस्करी लगायतका सीमापार अपराध बढिरहेकाले सशस्त्र प्रहरी बल तैनाथ गर्न खोजिएको डीआईजी श्रेष्ठले बताए ।

सशस्त्रको योजना अनुसार यो वर्ष दार्चुलाको तिंकर नाका, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथाङ्कामा बीओपी राखिनेछ ।

अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका क्षेत्रमा यसअघि नै बीओपी स्थापना गरेको थियो । “भारतसँग सीमा जोडिएका क्षेत्रमा १०७ वटा पोस्ट छन्,” उनले भने, “८७ वटा पोस्ट पहिल्यै थिए, गत वर्ष २० वटा थप गरिएको हो ।”

भारतसँग जोडिएको सीमाक्षेत्रमा यसबर्ष थप २५ वटा पोस्ट स्थापना गर्ने सशस्त्रको तयारी छ ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तुलनामा सशस्त्रका पोस्ट भने निकै कम छन् ।

एसएसबीले नेपालसँग सीमा जोडिएको क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म हरेक ३–५ किलोमिटरको दूरीमा पोस्टहरु राखेको छ । नेपालमा भने अब थपिने पोस्टसमेत जोड्दा १७–१८ किलोमिटरको दूरीमा एउटा पोस्ट पर्न आउँछ ।

“उपलब्ध जनशक्ति र स्रोत साधनको अधिकतम उपयोग गरेरै सीमामा हुने चोरी, तस्करी लगायतका अपराध नियन्त्रण गरिरहेका छौं,” उनले भने, “पोस्टको संख्या बढाएर गस्ती र निगरानी गर्न सकियो भने अझ सहज हुन्छ ।”

सशस्त्र प्रहरी बलले दक्षिणी सीमामा भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर संयुक्त गस्तीसमेत गर्दै आएको छ ।

" /> “नेपाल र चीन सरकारबीच यसअघि सीमा नियमनबारे भएको सहमतिलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुइ देशबीचको सीमा नियमन र सहकार्य प्रभावकारी हुने विश्वास लिएका छौं ।” चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि नेपाल र चीनद्धारा जारी संयुक्त वक्तव्यमा समावेश बुँदाको अंश हो, यो । नेपाल–चीनबीचको सीमा नियमनबारे सन् १९५६ मा भएको सहमतिलाई सम्झेका दुवै देशले अब सीमा नियमनसम्बन्धी सहकार्य थप प्रभावकारी हुने विश्वास लिएका छन् ।

चीनसँग जोडिएको नेपालको उत्तरी सीमा व्यवस्थित गर्न दुइ देशबीच यसखाले समान धारणा बन्नुअघि नै सशस्त्र प्रहरी बलले भने आफ्नो पहल अघि बढाइसकेको थियो । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले पहिलो पटक उत्तरी सीमानाकामा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी सुरज श्रेष्ठले चीनसँग सीमा जोडिएका चार ठाउँमा चालु आर्थिक बर्षभित्रै बीओपी स्थापना गर्न तयारी शुरू गरिएको देखापढीलाई बताए । “अहिलेसम्म दक्षिणी सीमामा मात्र हाम्रा बीओपीहरु थिए, अब उत्तरी सीमामा पनि राख्ने प्रक्रिया अघि बढाइएको छ,” डीआइजी श्रेष्ठले भने ।

यसअघि तातोपानी र रसुवागढी नाकामा राजस्व भन्सार गुल्मका रुपमा सशस्त्र प्रहरीलाई खटाइए पनि सीमा नियमनका लागि पहिलोपटक तैनाथ गर्न लागिएको हो ।

सशस्त्र प्रहरीका अनुसार उत्तरतर्फ पनि सीमा सुरक्षा संवेदनशील देखिएकाले बोर्डर आउट पोस्ट राख्न लागिएको हो । चीनसँग सीमा जोडिएका क्षेत्रमा चोरी, तस्करी लगायतका सीमापार अपराध बढिरहेकाले सशस्त्र प्रहरी बल तैनाथ गर्न खोजिएको डीआईजी श्रेष्ठले बताए ।

सशस्त्रको योजना अनुसार यो वर्ष दार्चुलाको तिंकर नाका, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथाङ्कामा बीओपी राखिनेछ ।

अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका क्षेत्रमा यसअघि नै बीओपी स्थापना गरेको थियो । “भारतसँग सीमा जोडिएका क्षेत्रमा १०७ वटा पोस्ट छन्,” उनले भने, “८७ वटा पोस्ट पहिल्यै थिए, गत वर्ष २० वटा थप गरिएको हो ।”

भारतसँग जोडिएको सीमाक्षेत्रमा यसबर्ष थप २५ वटा पोस्ट स्थापना गर्ने सशस्त्रको तयारी छ ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तुलनामा सशस्त्रका पोस्ट भने निकै कम छन् ।

एसएसबीले नेपालसँग सीमा जोडिएको क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म हरेक ३–५ किलोमिटरको दूरीमा पोस्टहरु राखेको छ । नेपालमा भने अब थपिने पोस्टसमेत जोड्दा १७–१८ किलोमिटरको दूरीमा एउटा पोस्ट पर्न आउँछ ।

“उपलब्ध जनशक्ति र स्रोत साधनको अधिकतम उपयोग गरेरै सीमामा हुने चोरी, तस्करी लगायतका अपराध नियन्त्रण गरिरहेका छौं,” उनले भने, “पोस्टको संख्या बढाएर गस्ती र निगरानी गर्न सकियो भने अझ सहज हुन्छ ।”

सशस्त्र प्रहरी बलले दक्षिणी सीमामा भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर संयुक्त गस्तीसमेत गर्दै आएको छ ।

"> चीनसँगको सीमामा सुरक्षा पोस्ट स्थापना गर्दै सशस्त्र प्रहरी बल: Dekhapadhi
चीनसँगको सीमामा सुरक्षा पोस्ट स्थापना गर्दै सशस्त्र प्रहरी बल
“नेपाल र चीन सरकारबीच यसअघि सीमा नियमनबारे भएको सहमतिलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुइ देशबीचको सीमा नियमन र सहकार्य प्रभावकारी हुने विश्वास लिएका छौं ।” चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणपछि नेपाल र चीनद्धारा जारी संयुक्त वक्तव्यमा समावेश बुँदाको अंश हो, यो । नेपाल–चीनबीचको सीमा नियमनबारे सन् १९५६ मा भएको सहमतिलाई सम्झेका दुवै देशले अब सीमा नियमनसम्बन्धी सहकार्य थप प्रभावकारी हुने विश्वास लिएका छन् ।

चीनसँग जोडिएको नेपालको उत्तरी सीमा व्यवस्थित गर्न दुइ देशबीच यसखाले समान धारणा बन्नुअघि नै सशस्त्र प्रहरी बलले भने आफ्नो पहल अघि बढाइसकेको थियो । अन्तर्राष्ट्रिय सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले पहिलो पटक उत्तरी सीमानाकामा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी सुरज श्रेष्ठले चीनसँग सीमा जोडिएका चार ठाउँमा चालु आर्थिक बर्षभित्रै बीओपी स्थापना गर्न तयारी शुरू गरिएको देखापढीलाई बताए । “अहिलेसम्म दक्षिणी सीमामा मात्र हाम्रा बीओपीहरु थिए, अब उत्तरी सीमामा पनि राख्ने प्रक्रिया अघि बढाइएको छ,” डीआइजी श्रेष्ठले भने ।

यसअघि तातोपानी र रसुवागढी नाकामा राजस्व भन्सार गुल्मका रुपमा सशस्त्र प्रहरीलाई खटाइए पनि सीमा नियमनका लागि पहिलोपटक तैनाथ गर्न लागिएको हो ।

सशस्त्र प्रहरीका अनुसार उत्तरतर्फ पनि सीमा सुरक्षा संवेदनशील देखिएकाले बोर्डर आउट पोस्ट राख्न लागिएको हो । चीनसँग सीमा जोडिएका क्षेत्रमा चोरी, तस्करी लगायतका सीमापार अपराध बढिरहेकाले सशस्त्र प्रहरी बल तैनाथ गर्न खोजिएको डीआईजी श्रेष्ठले बताए ।

सशस्त्रको योजना अनुसार यो वर्ष दार्चुलाको तिंकर नाका, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको किमाथाङ्कामा बीओपी राखिनेछ ।

अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र सीमापार अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएका क्षेत्रमा यसअघि नै बीओपी स्थापना गरेको थियो । “भारतसँग सीमा जोडिएका क्षेत्रमा १०७ वटा पोस्ट छन्,” उनले भने, “८७ वटा पोस्ट पहिल्यै थिए, गत वर्ष २० वटा थप गरिएको हो ।”

भारतसँग जोडिएको सीमाक्षेत्रमा यसबर्ष थप २५ वटा पोस्ट स्थापना गर्ने सशस्त्रको तयारी छ ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तुलनामा सशस्त्रका पोस्ट भने निकै कम छन् ।

एसएसबीले नेपालसँग सीमा जोडिएको क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म हरेक ३–५ किलोमिटरको दूरीमा पोस्टहरु राखेको छ । नेपालमा भने अब थपिने पोस्टसमेत जोड्दा १७–१८ किलोमिटरको दूरीमा एउटा पोस्ट पर्न आउँछ ।

“उपलब्ध जनशक्ति र स्रोत साधनको अधिकतम उपयोग गरेरै सीमामा हुने चोरी, तस्करी लगायतका अपराध नियन्त्रण गरिरहेका छौं,” उनले भने, “पोस्टको संख्या बढाएर गस्ती र निगरानी गर्न सकियो भने अझ सहज हुन्छ ।”

सशस्त्र प्रहरी बलले दक्षिणी सीमामा भारतीय सीमा सुरक्षा बलसँग सहकार्य गरेर संयुक्त गस्तीसमेत गर्दै आएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्