राष्ट्रपतिले जारी गरिन् मन्त्रिपरिषद्ले आज पारित गरेका दुई अध्यादेश

काठमाडौैं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन्। आजै मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिले जारी गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेको जानकारी दिए।

सहायक प्रवक्ता घिमिरेले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्