काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।
१८ वैशासम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरू कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी मुलुकहरूको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालनको निर्णय हुने बताए।
भारतसँग खुला सीमानाका जोडिएकाले संक्रमणको जोखिम रहेको अवस्थामा त्यहाँ कोरोना भाइरसको प्रभाव र भारतीय सरकारले लिने नीतिमा पनि उडान सुचारु कहिले गर्ने भन्ने विषय निर्क्यो गर्ने उनले बताए।
‘‘ १८वैशाखपछिको अवस्था कसरी विकास हुन्छ त्यसपछि निर्णय हुन्छ। संक्रमितको संख्या, छिमेकी मुलुकको अवस्था र भारतले सरकारले लिने नीतिलाई मध्यनजर गर्दै खोल्ने÷नखोल्ने निर्णय गर्छौँ”, मन्त्री भट्टराईले भने, “हतारिएका छैनौँ। मुख्य कुरा कोरोना भाइरस नियन्त्रण गर्ने हो।’”
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गएको २५ चैतमा दोस्रोपटक १५ दिनको समय थप्दै १८ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो।
३ वैशाखमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठकले आन्तरिक उडान पनि १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको थियो।
तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, एअर एम्बुलेन्स र मेडिकल सामग्री ढुवानीका लागि भने नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर वायुसेवा कम्पनीलाई सेवा दिन छुट छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको आन्तरिक हवाई उडान खुलाउने विषयमा सरकारले गृहकार्य थालेको छ।१८ वैशासम्म बन्द गरिएका आन्तरिक तथा बाह्य उडानहरू कहिले खुलाउने भन्ने विषयमा सरकारले गृहकार्य थालेको हो।

">