भारतमा कोभिड-१९ बाट एकैदिनमा संक्रमित हुनेको संख्या आजसम्मकै सबैभन्दा उच्च

काठमाडौं। भारतमा कोभिड-१९ बाट एकैदिन संक्रमित पुष्टि हुने संख्या आजसम्मकै सबैभन्दा उच्च पुगेको छ।

आज साँझसम्म पछिल्लो २४ घण्टामा नोबल कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या एक हजार ५४० पुगेको छ। यो सहित भारतमा कोभिड-१९ का बिरामी संख्या १७ हजार ६५६ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यसमध्ये ५५९ जनाको निधन भएको छ। १४ हजार २५५ जनाको उपचार भइरहेको छ भने दुई हजार ८४१ जना उपचारपछि घर फर्केका छन्।

सोमबार संघीय सरकारले महाराष्ट्र, मध्य प्रदेश, राजस्थान र पश्चिम बंगालका सबैभन्दा गम्भीर मानिएका आठ जिल्लामा स्वास्थ्यकर्मीको टोली पठाएको छ।

संसारभर कोभिड-१९बाट निधन हुनेहरूको संख्या एक लाख ६६ हजार भन्दा बढी पुगेको छ। १८५ देशमा संक्रमित हुनेहरूको संख्या २४ लाख बढी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्