प्रदेश १ मा ३२६८ जनाको कोभिड–१९ परीक्षण
विराटनगर। प्रदेश १ मा हिजो, ८ वैशाखसम्म तीन हजार २६८ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट दुई हजार ६०९ जना र पीसीआरबाट ६५९ जनाको परीक्षण गरिएको हो।

तीमध्ये १३ जना पोजिटिभ देखिएकाहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश १ मा धरान र विराटनगर दुई ठाउँमा कोभिड-१९ नमूना परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ।

प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ८२५ जना पुगेको छ। हिजो १० जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन्।

स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा ८ महिला र २७ पुरुषसहित ३५ जना उपचाररत् छन्। हिजो दुईजना डिस्चार्ज भएका छन् ।

होम क्वारेन्टाइनमा चार हजार ३४३ जना रहेको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्