काठमाडौं। ‘मामु आज अस्पताल नजाँदा हुन्न ? जानु नै छ भने पनि एकदमै केयरफुल हुनु है।’
हरेक दिनजसो बिहान ९ बज्दा बेली पौडेलको फोनमा यस्तै आवाज सुनिन्छ। देश-विदेशमा रहेका छोराले हरेक दिन उनलाई यस्तो अनुरोध गर्छन्। तर, छोराको अनुनय सुनेर घरमै बसिरहन सक्दिनन् उनी।
छोरा मात्र कहाँ हो र, श्रीमान र बुवा-आमाले पनि रात दिन यसै भनिरहेका हुन्छन्। उनीहरुले ‘नजाऊ’ भनिहाल्न त सक्दैनन्। तर बारम्बार भन्छन्, ‘सुरक्षित होऊ है।’
नभनुन् पनि कसरी ? आखिर उनी कोभिड-१९ का बिरामीको उपचार गर्न फ्रन्टलाइनमै खटिइरहेकी छिन्।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ का बिरामीको उपचार गर्न तयार पारिएको आइसोलेसन वार्डकी इन्चार्ज हुन्– बेली पौडेल।
उनी बाहेक पाँच डाक्टर, नौ नर्स र ६ जना सहयोगी खटिएका छन् आइसोलेसन वार्डमा। करीब तीन् महीनादेखि यही वार्डमा काम गर्दा अस्पताल नै परिवार जस्तो लाग्न थालेको बताउँछिन् पौडेल।
त्यसो त कोभिड-१९ का बिरामीको उपचारमा खटिने भन्ने थाहा पाउँदा उनलाई शुरूमा डर नलागेको पनि होइन।
शुरूमा त नर्सिङ पेशाप्रति नै वितृष्णा जागेको अनुभव सुनाउँछिन् उनी। तर काम गर्दै जाँदा उनको मानसिकता पनि फेरिएको छ।
“एक किसिमले बानी पनि पर्यो। हामीले नर्सिड पढ्दा पढेको नैतिकताको पाठ यहाँ लागू गर्ने मौका मिलेको छ”, उनी भन्छिन्।
कोभिड-१९ विरुद्ध अघिल्लो पंक्तिमा बसेर काम गर्दा उनलाई अचेल गर्वानुभूति पनि हुन थालेको छ।
दुईजना कोभिड-१९ संक्रमितको सफल उपचार गरिसकेकोले उनी अचेल काममा जोश पनि थपिएको बताउँछिन्। भन्छिन्, “मैले धेरै कुराहरु सिक्ने अवसर पाएँ। नयाँ रोग, नयाँ प्रविधि र उपचार, जोखिमको व्यवस्थापनबारे धेरै कुरा सिकेँ।”
अचेल पौडेलको मनमा आईसोलेन वार्डमा पस्दै गर्दा विरामीको सफल उपचार होस् भन्ने भावना मात्र हुन्छ। “कोरोनाको टेष्टपछि रिजल्ट नेगेटिभ आइदियोस् भन्ने कामना गछौँ। नेगेटिभ आएपछि एकजना भए पनि संक्रमित भएनन् भन्दै अस्पतालमा खुसी मनाउछौं”, उनी सुनाउँछिन्।
अहिले पनि संक्रमित रोगीको नजिक पुग्दा उनको मन ढक्क फुल्छ, तर पीपीईले ढुक्क बनाउने बताउँछिन् उनी।
“विरामीहरुले दिने माया र संसारभर डाक्टर र नर्सलाई दिइएको सम्मानले मलाई काममा उर्जा थपेको छ”, नर्स पौडेल खुसी व्यक्त गर्छिन्।
नर्स बेली पौडेललाई मात्र होइन, कोभिड-१९ को महामारी नेपाल भित्रिँदै गर्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलालाई पनि शुरूमा त डर नै लागेको थियो।
तर, अहिले उनी दिनरात सबै बिर्सेर कोभिड-१९ का बिरामीलाई आवश्यक सेवा दिइरहेछन्। तीन महीनादेखि उनी यो महामारीका बिरामीको उपचारमा खटिएका छन्।
डा. बास्तोलासँग स्वाइन फ्लु र एचआईभी एड्सको उपचारमा पनि पहिलो पंक्तिमै बसेर काम गरेको अनुभव छ। यस्तो संक्रामक रोगको उपचार गर्दा डराउन नहुने तर सजग बन्नुपर्ने उनको सुझाव छ।
त्यही सजगता अपनाएकैले बास्तोला घरमा भएर पनि आफ्नो बेग्लै कोठामा, परिवारभन्दा छुट्टै बस्दै आएका छन्।
उपचारमा खटिने डाक्टरले पीपीई लाउने, खोल्ने, घर जाने आउने, अन्य उपचारका सामग्रीको प्रयोग गरिरहँदा सावधानी अपनाउनुपर्ने उनी बताउँछन्। यो सजगताले आत्मविश्वास थपेको उनको अनुभव छ।
कोभिड-१९ का बिरामीको उपचार गरिरहँदा एक पटक डा.बास्तोलाई रुघाखोकी पनि लाग्यो। त्यस समय उनलाई मानसिक रुपमा केही तनाव भयो। “तर त्यो मौसमी फ्लु रहेछ,” ढुक्क भएर सुनाउँछन् उनी।
उनको अनुभव भन्छ, “रोगसँग लड्न मनोवैज्ञानिक रुपमा डाक्टरहरु परिपक्व हुनुपर्छ। उपचार गर्ने टिम र व्यवस्थापकको सामुहिक प्रयत्नले यस रोगसँग लड्न मद्दत गर्छ।”
यसै अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी पनि स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्दा सफलता मिल्ने बताउँछन्।
केही दिन अघि कोभिड-१९ लाई जितेर एक बिरामी घर फर्किँदा सबैभन्दा धेरै खुसी स्वास्थ्यकर्मी भएको समेत उनले बताए।
“विरामीको खुसीले हामीलाई काम गर्न उत्साह थप्छ। हामी अन्तिम समयसम्म सेवा गर्नेछौँ”, डा. राजभण्डारीको प्रण नै छ।
" /> काठमाडौं। ‘मामु आज अस्पताल नजाँदा हुन्न ? जानु नै छ भने पनि एकदमै केयरफुल हुनु है।’हरेक दिनजसो बिहान ९ बज्दा बेली पौडेलको फोनमा यस्तै आवाज सुनिन्छ। देश-विदेशमा रहेका छोराले हरेक दिन उनलाई यस्तो अनुरोध गर्छन्। तर, छोराको अनुनय सुनेर घरमै बसिरहन सक्दिनन् उनी।

">