काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ मा विभिन्न मुलुकमा रहेका नेपालीहरूको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न देशका प्रतिनिधिबीच भिडिओ कन्फ्रेन्स वार्ता भएको छ।
खाडी, यूरोप, अमेरिका, उत्तर पूर्व एशिया, अष्ट्रेलियामालगायत देशका एनआरएनएका अध्यक्षसँगको छलफल प्रवासमा रहेका नेपालीको उद्धार, राहतको विषयमा केन्द्रित थियो।
संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरस संक्रमणका जोखिमका बीच विदेशमा रहेका नेपालीहरूले भोगिरहेका समस्याको जानकारी गराए।
मन्त्री ज्ञवालीले जो जहाँ छौँ, त्यही धैर्यता र सुरक्षित साथ रहन आग्रह गरेका छन्।
हिजो, ८ वैशाखमा भएको भिडिओ कन्फ्रेन्सको क्रममा सरकार, सम्बन्धित दूतावास र एनआरएनएबीच समन्वय गरेर गैरआवासीय नेपालीको समस्या समाधान गर्न विकल्पका साथ रणनीति तय गर्ने सहमति भएको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ मा विभिन्न मुलुकमा रहेका नेपालीहरूको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न देशका प्रतिनिधिबीच भिडिओ कन्फ्रेन्स वार्ता भएको छ।खाडी, यूरोप, अमेरिका, उत्तर पूर्व एशिया, अष्ट्रेलियामालगायत देशका एनआरएनएका अध्यक्षसँगको छलफल प्रवासमा रहेका नेपालीको उद्धार, राहतको विषयमा केन्द्रित थियो।

">