बेलायतमा २३ दिनदेखि आईसीयूमा रहेकी कोरोना संक्रमित नेपाली नर्सलाई सामान्य वार्डमा सारियो
लण्डन। कोरोनाको सङ्क्रमणका कारण २३ दिनसम्म आईसीयूमा उपचाररत् नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ।

उमालाई कोभिड-१९ देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो।

सो अस्पतालमा कार्यरत् १०० भन्दाबढी सहकर्मीले उमालाई सामान्य शय्यामा सार्दा ताली बजाएर सम्मान गरेका थिए ।

उमा भन्छिन्, “म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन। उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए। म अझै अस्पतालमा छु। विस्तारै ठीक हुँदैछु ।”

सघन उपचार कक्षका प्रमुख केट् मुरे भन्छन्, “सघन उपचारमा कार्यरत् सबै कर्मचारी र सिंगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ।”

उनले भने, “तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन्। हाम्रो गौरवको एउटा अंश हुन उमा पनि। यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ।”

त्यहाँबाट हिजै मात्र एक नेपाली जोडी निको भएर घर फर्केका छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्