स्थानीय र पश्‍चिमी वायुको प्रभावले वर्षा <p>काठमाडौं। स्थानीय र पश्&zwj;चिमी वायुको प्रभाव नेपालको आकाशमा एकसाथ देखिँदा अहिले देशभर वर्षा भइरहेको छ। देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।</p> <p>यो अवस्था केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान छ बजे सार्वजनिक गरेको तीन दिनको पूर्वानुमानअनुसार आज दिनभर देशभर वर्षा हुने सम्भावना छ।</p> <p>भोलि देशभर आंशिक बदली भएर अपराह्नपछि पहाडी क्षेत्रका केही स्थान र पश्&zwj;चिम तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। पर्सी बिहीबार पनि पश्&zwj;चिमका केही स्थान तथा मध्य र पूर्वी भागका केही स्थानमा सोही प्रकृतिको वर्षा हुने महाशाखाले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्