काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ।
बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठक सरकारले हिजो जारी गरेको दुई वटा अध्यादेशपछिका राजनीतिक घटनाक्रममा केन्द्रित हुने शर्माले देखापढीलाई बताए।
हिजो, ८ वैशाखको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ लाई पारित गरेको थियो।
त्यसको केही समयमै राष्ट्रपति भण्डारीले ती विधेयक जारी गरेकी थिइन्।
कोभिड-१९ को जोखिमले ल्याएको संकटको सामना गर्ने बेला अध्यादेश ल्याएर सरकार मुख्य जिम्मेवारीबाट पन्सिन खोजेको भन्दै कांग्रेसका केही नेताहरूले टिप्पणी गरेका छन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ।बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

">