सुदूरपश्चिममा ७० दिनमा ८६९४ जनाको कोभिड-१९ परीक्षण

कैलाली। सुदूरपश्चिम प्रदेशमा करीब आठ हजार ७०० जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

यो तथ्यांक परीक्षण शुरू गरिएको ७० दिनको अवधिको हो।

प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीका अनुसार १ फागुनदेखि परीक्षण थालिएकोमा हिजो, ८ वैशाखसम्म आठ हजार ६९४ जनाको कोभिड-१९ परीक्षण गरिसकिएको छ।

प्रदेशभरी पछिल्लो ८ दिनयता संक्रमितको संख्या भने नदेखिएको केन्द्रले जनाएको छ।

अहिलेसम्म पीसीआर विधीबाट दुई हजार ५१७ र र्‍यापिड टेष्‍टमार्फत् छ हजार १७७ जनाको नमूना परीक्षण गरिएको छ। यसमा ८० जनाको रिपोर्ट भने आउन बाँकी छ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अहिले कोभिड-१९ का ४ जना उपचाररत् छन्।

कैलाली लम्किचुहाका एक युवा भने दुई दिनअघि निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्