ट्रम्पको निशानामा आप्रवासी, अस्थायी प्रतिबन्ध लगाउने कानुन ल्याउँदै
<p>वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प हरेक दिन कसै न कसैमाथि निशाना साँधिरहेका हुन्छन्- कहिले प्रेस ब्रिफिङमार्फत त कहिले ट्विटबाट।</p>
<p>पछिल्लो ट्विटमा उनी आप्रवासीहरूमाथि खनिएका छन्। र भनेका छन्- अब अमेरिकामा बस्‍नै नपाइने कानुनमा हस्‍ताक्षर गर्दैछु।</p>
<p>‘अदृश्‍य दुश्‍मनको आक्रमणलाई मध्यनजर गर्दै तथा महान अमेरिकी नागरिकहरूको रोजगारीको रक्षाका लागि म आप्रवासीहरूलाई अस्‍थायी रूपमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्‍ताक्षर गर्दैछु,’ ट्रम्पले आफ्नो ट्विटमा भनेका छन्।</p>
<p>कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर रहँदा राष्‍ट्रपति ट्रम्पले भने त्यसको कारण आप्रवासी रहेको तर्क अगाडि सारेका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्