कोभिड-१९ को त्रासमा सिल गरिएको सनसिटी अपार्टमेन्ट खुला गरियो

काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा खटिएका सुरक्षाकर्मीहरुको टोली हटाइएको छ।

उक्त अपार्टमेन्टमा बस्‍ने एकै परिवारका दुईजनामा र्‍यापिड टेष्‍टको क्रममा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएपछि १ वैशाख बेलुकादेखि नै अपार्टमेन्ट आसपासको क्षेत्र सिल गरिएको थियो।

महानगरीय प्रहरी प्रहरीसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले सनसिटी अपार्टमेन्टबाट प्रहरीको टोली हटाइएको देखापढीलाई बताए।

अपार्टमेन्टको 'ए ब्लक' मा बस्‍ने सबै २५० जनाको आरडीटी किट परीक्षणको रिपोर्ट नेगेटिभ आएकोले सुरक्षाकर्मी हटेको हो।

अपार्टमेन्टको १५ औं तलाको छैटौं फ्ल्याटमा बस्ने तीनजनाको आरडीटी परीक्षण पोजेटिभ आए पनि पीसीआर परीक्षणमा आमाछोरामा कोभिड-१९ पुष्‍टि भएको थियो।

बुहारीको थ्रोट स्वाब नमूनाको नतिजा भने नेगेटिभ देखिएको छ। उनीहरू ५ चैतमा बेलायतबाट काठमाडौं आएका थिए।

संक्रमित व्यक्तिहरूको घरमा सहयोगी रहेकाहरुको पनि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ।

कोरोना संक्रमित आमाछोराको पाटन अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।

पेप्सिकोलास्थित उक्त अपार्टमेन्टमा करीब पाँच सय परिवार बस्दै आएका छन्।