कोभिड-१९ कोषमा सहयोगका लागि राहुलको ब्याट लिलामीमा

काठमाडौं। भारतीय क्रिकेट टीमका ब्याट्सम्यान केएल राहुल पनि कोभिड-१९ महामारी कोषमा सहयोग गर्ने खेलाडीको सूचीमा समावेश भएका छन्।

उनले गत वर्ष सम्पन्न विश्वकपमा प्रयोग भएका ब्याट, ब्याटिङ ग्लोब्स, हेलमेट, प्याड लिलाममा बिक्री गरेर रकम जम्मा गर्न लागेका हुन्।

लिलामबाट प्राप्त रकम विपन्न बालबालिकाहरूका लागि काम गर्ने परोपकारी संस्थामा जाने बताइएको छ।

राहुलले समर्थकहरूको समूह भारत आर्मीमार्फत घोषणा गर्दै आफ्नो जन्मदिनको अवसरमा उक्त काम गर्न लागका हुन्।

उनले यस कार्यका लागि जन्मोत्सव (शनिबार) उपयुक्त दिन भएको बताएका छन्।

‘‘लिलामीमा जानुहोस्। बच्चाहरू र मेरो लागि प्रेम देखाउनुहोस। यो कठिन समयमा हामी एकसाथ रहौं। एकजुट भयौं भने हामी बलियो हुनेछौं,’’ राहुलले भिडिओ सन्देशमा भनेका छन्।

यसअघि बंगलादेशका ब्याट्सम्यान मुस्फिकर रहिम तथा इङ्ल्यान्डका जोस बट्लर क्रिकेट सामाग्री लिलाम गरेर सहयोग गरेका थिए।

त्यस्तै सचिन तेन्डुलकर, सुनिल गावस्कर, गौतम गाम्भिर, हरभजन सिंह, युभराज सिंहले पनि सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्