अध्यादेश फिर्ता लिन कांग्रेसको माग <p>काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ।</p> <p>आज बिहान बसेको कांग्रेस पदाधिकारीहरूको बैठकले अध्यादेश संविधानको भावना विपरीत भएको बताउँदै फिर्ता लिन माग गरेको हो ।</p> <p>&quot;संविधान निर्माण गरिँदा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए । तर राजनैतिक दलसम्बन्धी व्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ,&quot; कांग्रेसको निर्णयमा भनिएको छ, &quot;कोरोनासँग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनै पनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण एवं षड्यन्त्रपूर्ण छ । पदाधिकारी बैठकले अध्यादेश फिर्ता लिन सरकारसमक्ष माग गरेको छ ।&quot;</p> <p>यस्तै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले पनि संविधानको मर्म र भावना एवं परिषद्को गरिमामय भूमिकालाई समाप्त गरेको ठहर गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्