जुम्ला। भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
जुम्लाको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पीसीआरबाट परीक्षण र १४९ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
कोभिड–१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन्। रासस
" /> जुम्ला। भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।जुम्लाको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पीसीआरबाट परीक्षण र १४९ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
कोभिड–१९ का सम्भावित सङ्क्रमितका लागि जिल्लाका आठ वटै स्थानीय तहले २६४ शय्याको क्वारेन्टाइन पनि निर्माण गरेका छन्। रासस
">