काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं उपत्यकाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने केही सांसदहरूसँग छलफल गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेपालले कोभिड–१९ को सम्भावित जोखिम र नियन्त्रणका लागि भइरहेका प्रयासबारे आज भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका हुन्।
लकडाउनपछि उपत्यका भित्रको अवस्था, रोगको उपचार, रोकथाम र नियन्त्रणका बारेमा छलफलमा कुराकानी भएको काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले बताएका छन्।
लकडाउनलाई व्यवस्थित गर्ने र आगामी दिनमा उत्पादनको क्षेत्रलाई ध्यान दिई सामाजिक गतिविधि सञ्चालन गर्नका लागि विकल्प सोच्नेबारे पनि छलफल भएको सांसद श्रेष्ठले बताएका छन्।
छलफलमा श्रेष्ठसँगै सांसदहरू बिना श्रेष्ठ, नवराज सिलवाल, अञ्जना विशंखे, सरिता न्यौपाने, शशी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलगायत सहभागी थिए।
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं उपत्यकाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने केही सांसदहरूसँग छलफल गरेका छन्।काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेपालले कोभिड–१९ को सम्भावित जोखिम र नियन्त्रणका लागि भइरहेका प्रयासबारे आज भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका हुन्।

">