काठमाडाैं। केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ।
कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करीब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ। कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन।
अमेरिकी जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए। अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौंबाट भने रित्तै फर्किएको छ ।
यसैबीच स्वास्थ्य सामग्री लिन श्री एअरलाइन्सको चार्टर्ड जहाज आज सिङ्गापुर उडान भर्ने तालिका रहे पनि उडान हुन सकेन।
श्रीको जहाज ११ वैशाखमा सिङ्गापुर उड्ने कम्पनीले जनाएको छ। यसअघि गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो।
पुनः आजका लागि उडान तालिका थियो तर अन्तिम समयमा उडान रोकिएको छ।
केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले आज उडान हुन नसकेकाे श्री एयरलाइन्सले जनाएको छ। रासस
" /> काठमाडाैं। केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ।कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करीब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ। कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन।

">