उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि <p>काठमाडौं। उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय&nbsp;जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा&nbsp;३३ वर्षीय पुरुषको स्वाब&nbsp;परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एकजनामा संक्रमण पुष्टि भएको बताए।</p> <p>अन्यको भने कोशि अस्पताल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै परीक्षण भइरहेको र रिपोर्ट आइनसकेको मन्त्रालयले जनाएको छ।</p> <p>१३ जनामा कोभिड-१९ देखिएपछि त्यहाँ प्रदेश १ र नेपाली सेनाको छाउनी अस्पतालको प्राविधिक टोलीले अहिलेसम्म ३२० जनाको थ्रोट स्वाब संकलन गरेको छ। त्यसमध्ये, ६९ जनाको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि लगिएको छ। बाँकी नमूना परीक्षण गर्न हिजो सेनाको हेलिकप्टरबाट काठमाडाैकाे&nbsp;शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालकाे&nbsp;प्रयोगशालामा ल्याइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्