काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको अध्यादेशलाई खारेज गर्न माग गरेको छ।
आज राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति जारी गर्दै सरकारको गैरजिम्मेवार निर्णय भएकाले अध्यादेश खारेज गर्न माग गरेका हुन्।
अध्यादेश जनभावना विपरीत भएको, स्थायित्व र आर्थिक समृद्धिको मान्यताविरुद्ध मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भएको ठहर समेत राजपाले गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “राजपा नेपाल यस प्रकारको अलोकतान्त्रिक, गैरसंवैधानिक र गैरजिम्मेवार निर्णयको विरोध गर्दछ र तत्काल अर्को निर्णय गरी अध्यादेशलाई खारेज गर्न जोडदार माग गर्दछ।”
संवैधानिक परिषद्मा विपक्षी दलको नेतालाई भूमिकाहीन बनाउने गरि ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाउने र संविधानको मर्मविपरीत सर्वसत्तावाद लाद्न खोजिएको राजपाको निष्कर्ष छ।
तीन बुँदे निष्कर्ष निकाल्दै आफ्नो माग र मुद्दाप्रति दृढ रहेकाले अध्यादेशले पार्टीलाई कुनै किसिमको असर नगर्ने राजपाले जनाएको छ।
" /> काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको अध्यादेशलाई खारेज गर्न माग गरेको छ।

">