सुदूरपश्चिमकाे काेभिड-१९ उपचार काेषमा एभरेष्ट बैंककाे ६ लाख सहयाेग <p>कैलाली। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एभरेष्ट बैंक लिमिटेडले ६ लाख रूपैयाँ सहयोग गरेको छ ।</p> <p>एभरेष्ट बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख सतिशप्रताप सिंहले आज दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे।</p> <p>एभरेष्ट बैंक केन्द्रीय कार्यालयले देशका सातवटा प्रदेश सरकारलाई ६ लाखका दरले ४२ लाख रूपैयाँ र संघीय सरकारलाई ६० लाखसमेत गरी एक करोड दुई लाख रूपैयाँ काेभिड-१९ उपचार काेषमा सहयाेग गरेकाे छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्