एनआरएनएको स्थगित मतदान शुरु
काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि २९ असोजमा स्थगित भएको मतदान भर्खरै शुरु भएको छ।
एनआरएनए अष्ट्रेलियाका प्रतिनिधि राजिव केसीले प्रतिनिधिहरु लाइनमा बसेर मतदान शुरु भइसकेकाे बताए।
'म्यानुअल' नै मतदान गर्ने सहमति भइसकेकाले कागजी प्रक्रियाबाटै मतदान थालिएको छ।
मतदान सकिनासाथ गणना सुरु गर्ने र आजै निर्वाचनको नतिजा सार्वजनिक गरिने संघले जनाएको छ। संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन्।
काठमाण्डौंमा २८ असोजबाट शुरु भएको सम्मेलनमा ४ जना उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा २ जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै महासचिवमा २ जना, दुई जनाको सचिव पदमा ७ जना, कोषाध्यक्ष पदमा २ जना, सहकोषाध्यक्षमा २ जना, महिला संयोजकमा ३ जना र युवा संयोजकमा ३ जना प्रतिस्पर्धामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्