काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।
विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि धरानमा पुनःजाँचका लागि पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।
आजै उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये परीक्षण गरिएको एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।
६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।
कोभिड १९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।
छाउनीस्थित् सैनिक अस्पतालको चारजनाको प्राविधिक टोली ७ वैशाखमा त्यहाँ उपकरणसहित हेलिकप्टरमा पुगेको थियो। टोलीले १८ नम्बर बाहिनीको खेल मैदानमा भेला गरी स्थानीयवासीको कोभिड-१९ परीक्षणका लागि नमूना संकलन गरेको हो। १३ जनामा कोभिड-१९ पुष्टि भएको भुल्के बस्तीमा कूल ३२० जनाको नमूना संकलन गरिसकिएको छ।
त्यसमध्ये नेपाली सेनाले संकलन गरेको २५१ थ्रोट स्वाबको नमूना हिजै हेलिकप्टरबाट टेकुस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि ल्याइएको छ।
नेपालमा अहिलेसम्म ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यसमध्ये २२ जना उदयपुरमै भेटिएका हुन्।
संक्रमितमध्ये कैलालीका दुई, काठमाडाैं र बागलुङमा गरेर पाँजना निको भएर घर फर्किसकेका छन्।
" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि धरानमा पुनःजाँचका लागि पठाइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठजनाकै पुनः परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेको हो।

">