"> घर जानलाई काेटेश्वर-जडीबुटी चोकमा सयौंको भीड: Dekhapadhi
घर जानलाई काेटेश्वर-जडीबुटी चोकमा सयौंको भीड
काठमाडौं। चार सातादेखि जारी लकडाउनका कारण समस्यामा परेपछि काठमाडौं छाडेर घर जानेको भीड घट्दो होइन, झन् बढिरहेको छ।

लकडाउनका बेला आवागमनमा कडाइ गरिए पनि घर जान खोज्ने मजदुरहरूको दबाब बढ्दै गएपछि अहिले क्रमशः काठमाडौं छाड्नेहरूको भीड बढेको हो।

शुरूमा पैदल हिँडेरै मजदुरहरूले काठमाडौं छाड्न थालेपछि विभिन्न जिल्लाका स्थानीय सरकारहरूले गाडी पठाएर आफ्नो ठाउँका बासिन्दाको उद्धार गर्न थालेका छन्।

काठमाडौंमा रहेका संघीय सरकारका मन्त्रीहरूले पनि आफ्नो जिल्लाका श्रमिकहरूलाई गाडीको व्यवस्था गरेर जिल्ला पठाउन थालेका छन्।

त्यहीक्रममा अहिले काेटेश्वर-जडीबुटीमा सयौंको भीड लागेको छ। उनीहरूलाई लैजान थुप्रै बस जम्मा भएका छन्। त्यहाँ जम्मा भएको भीड मिलाउन प्रहरीलाई समेत हम्मे परेको छ।

काठमाडौं, ललितपुर र भक्तपुर छाडेर घरतर्फ जान चाहने मानिसहरू अहिले साे क्षेत्रमा ठूलो संख्यामा जम्मा भएका छन्।

उनीहरू दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्ला जान चाहनेहरू रहेको प्रहरीकाे भनाइ छ।

गयराति र आज बिहानै पनि दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा सयौं मानिसहरू गएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्