काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर निको भएका धनगढीका युवालाई बधाई दिएका छन्।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवक आज डिस्चार्ज भएपछि प्रधानमन्त्रीले बधाई भनेका हुन्।
‘सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो व्यक्ति धनगढी उपमहानगरपालिका ३४ वर्षीय युवा आज उपचारपछि निको भएर घर फर्किनु भएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भनेका छन्, ‘आरोग्यताको कामनासहित उहाँलाई बधाई ! चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न सम्बद्ध सबैलाई हार्दिक धन्यवाद।’
दुबईबाट आएका ती युवामा १४ चैतमा कोरोना पुष्टि भएको थियो। उनी २८ दिन सम्म अस्पतालमा उपचार गराएका उनको पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।
यसअघि सोही अस्पतालमा उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भइसकेका छन्। अहिले अस्पतालमा तीनजना संक्रमितको उपचार भइरहेको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसलाई जितेर निको भएका धनगढीका युवालाई बधाई दिएका छन्।सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवक आज डिस्चार्ज भएपछि प्रधानमन्त्रीले बधाई भनेका हुन्।

">