तुलसीपुरमा श्रम बैंक, राहत लिनेलाई काम अनिवार्य

दाङ। तुलसीपुर उपमहानगरपालिकामा श्रम बैंकको थालनी गरिएको छ।

सामाजिक दूरी कायम गर्दै आज भएको कार्यपालिकाको ८४ औं बैठकले श्रम बैंक स्थापना गर्ने निर्णय गरेको हो।

“राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंकको स्थापना गर्ने निर्णय भएको छ”, प्रवक्ता श्याम डाँगीले भने।

विपन्नलाई राहत दिने र सो बापत् वडाका विभिन्न विकासका काममा उनीहरूलाई लगाउने निर्णय भएको उनको भनाइ छ।

श्रम बैंक सञ्चालनका लागि वडाध्यक्षको संयोजकत्वमा वडा-वडामा श्रम समिति बनाइने छ। यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ।

“जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको हो,” नगर प्रमुख घनश्याम पाण्डेले भने, “अशक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम बंैकमा काम गर्नुपर्ने छैन।”

उनका अनुसार बाहिरबाट फर्किएका श्रमिकहरूलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो।

श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ।

प्रतिक्रिया दिनुहोस्