कैलाली। सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही आज डिस्चार्ज भए।
२८ दिनसम्म सेती प्राविधिक अस्पतालमा उपचार गरेपछि उनी आज डिस्चार्ज भएर घर पुगे। उनका पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका थिए।
दुबईबाट आएका उनमा १४ चैतमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उनी दुबईबाट साढे चा वर्षपघि घर फर्किएका थिए। लामो समयपछि परिवारसँगको मिलन हुँदाको उत्साह र आनन्द छुट्टै थियो। तर, त्यही बेला उनमा कोभिड–१९ दियो। र, उनी २८ दिनसम्म अस्पताल बस्नुपर्यो।
कोरोनालाई जितेर उनी घर त पुगे तर, अझैँ एक हप्ता छुट्टै बस्नुपर्नेछ। सानी छोरीलाई काखमा राखेर खेलाउने रहर पूरा गर्न उनले कम्तीमा एक हप्ता कुर्नुपर्नेछ।
उनकी भाउजु पनि अहिले सेती प्राविधिक अस्पतालमा कोरोनासँग लडिरहेकी छन्। र, अमृतलाई विश्वास छ भाउजुले पनि कोरोनालाई जित्नेछिन्।
देखापढीका सुदूरपश्चिम सम्वाददाता दीपक नेपालसँग कोरोनालाई जितेका अमृतले आफ्ना भोगाई र अनुभव बाँडेका छन्।
उनकै शब्दमाः
मलाई सामान्य रुघाखोकी र ज्वरो थियो। यस्तो त मलाई अरुबेला पनि हुन्थ्यो। कहिले औषधि खान्थेँ भने कहिले आफैं निको हुन्थ्यो। साढे चार वर्षपछि चैत ८ गते घर आउँदा कम्ती खुशी भा’को थिएन म ! विदेशको बसाइँ अनि भोगाइका बारेमा घरपरिवार साभीभाइसँग रमाइलो गर्ने मेरो अभिलाषा बाँकी नै थियो।
चैत ११ गते मलाई सामान्य रुघाखोकी र ज्वरो देखिएपछि चेक गरेर आइहाल्छु भन्दै जचाँउन सेती प्रादेशिक अस्पताल पुग्दा मेरो ट्राभल हिस्ट्री सोधियो र मलाई अस्पतालको आइसोलेसनमा बस्न भनियो। त्यो बेलासम्म मलाई केही भा’को छैन, छिट्टै घर जान्छु भन्ने मनमा लागेको थियो।
चैत १४ गते मलाई कोरोना पोजिटिभ भएको थाहा पाएँ। मलाई कोरोना पोजिटिभ भएको अस्पतालले जानकारी गराएको थिएन। मैले सामाजिक सञ्जालबाट थाहा पाएँ। पछि अस्पतालले समेत जानकारी गरायो। मलाई कोरोना पोजिटिभ भएको थाहा पाएपछि मेरा परिवार र आफन्तहरूको तारन्तार फोन आउन थाल्यो। सबैले ढाडस दिन्थे–नआत्तिनु छिट्टै निको हुन्छ।
सानो छोरीलाई काखमा बोक्न कति रहर छ, घर पुग्ने बित्तिकै मलाई टाढैबाट हेरेर गइ, कस्तो नरमाइलो लाग्यो। जीवन संगिनी अनि आमाबुबा सबैलाई अङ्गालो हाल्न मन छ। तरपनि अझैँ एकहप्ता कुर्नुपर्नेछ।
तरपनि मनमा एकखालको डर थियो। परिवार सम्झिएँ, सानी छोरी सम्झिएँ। उनीहरूको लागि भएपनि मलाई निको हुनुछ। त्यसपछि आफैंलाई सम्हालेर तातो पानी पिउन थालेँ। अदुवा, बोझोको तातोपानीको बाफ लिन थालेँ। बिहानै योग गर्न शुरू गरे। हनुमान चालिसा पनि पढ्न थालेँ। जसले मलाई उर्जा दिन्थ्यो। अनि सानैदेखि नाँच्न–गाउन रमाउने मान्छे म, बेलाबेला नाँच्न पनि थालेँ। यसरी आफूलाई फिट राख्न थालेँ।
मेरो दोश्रो अनि तेश्रो रिपोर्ट पनि पोजिटिभ आएपछि मनमा फेरि केही डर पैदा हुन थाल्यो तर, पनि आफूलाई सम्हाल्दै गएँ।
उपचारको क्रममा अस्पतालका नर्सहरूको व्यवहारबाट अत्यन्तै प्रभावित भएँ। उहाँहरूकै कारण कोरोनालाई जित्न सकेँकी जस्तो लाग्छ। अनि, बेलाबेलामा जाँच गर्न आउने डक्टर र रिपोर्टको लागि थ्रोट स्वाब संकलन गर्न आउने सबैले मलाई ढाडस दिनुहुन्थ्यो।
कोरोना लागिहाले हरेश नखाई आफूलाई तनावमुक्त राखेर फिट हुने सामान्य कुराहरूमा मात्रै ध्यान दिनसके कोरोनालाई जित्न सकिने रहेछ।
मेरो चौंथो र पाँचौं रिपोर्ट नेगेटिभ आएपछि मलाई अस्पतालले डिस्चार्ज गरेको छ। मलाई थाहा छ अबको एकहप्ता मेरा लागि अग्निपरीक्षा हुनेछ। घरमा परिवार भएपनि एक्लो बस्नुपर्नेछ।

भाउजू अस्पतालमै हुनुहुन्छ। कताकता पिर लागेको छ। तर, मलाई थाहा छ उहाँ पनि निको भएर छिट्टै घर फर्कनु हुनेछ। फेरि पहिलेको जस्तै सबै परिवार एकै ठाउँमा बसेर रमाउने छौँ।
(सम्बन्धित् व्यक्तिको अनुमतिपछि नाम र तस्वीर सार्वजनिक गरेका हाैँ)
पढ्नुहोस्
कोरोनालाई जितेका धनगढीका युवालाई प्रधानमन्त्रीको बधाई
" /> कैलाली। सुदूरपश्चिममा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय अमृत शाही आज डिस्चार्ज भए।

">