कीर्तिपुरका विद्यार्थीलाई धुर्मुस सुन्तली फाउण्डेसनको खाद्यान्न सहयोग

काठमाडौं। लकडाउनका कारण समस्यामा परेका कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई धुर्मुस सुन्तली फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ।

फाउण्डेसनले २०० बोरा चामल, ६०० किलो दाल, २०० लिटर तेल, २०० किलो नुन र २०० दर्जन बिस्कुट प्रदान गरेकाे विद्यार्थी हेमराज थापाले जानकारी दिए।

लकडाउनको पालना गर्दै घरमै बसिरहेका फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज नै राहत तथा उद्धारमा खटिने बताएका थिए।

डेरामा बस्ने विद्यार्थीहरू समस्यामा परेको समाचार आएपछि फाउण्डेसनले सहयोग गरेको अध्यक्ष धुर्मुसले बताए।

लकडाउन लम्बिँदै गर्दा धेरैजनामा अभाव र संकट सिर्जना भएको भन्दै आफूहरू अब मानवीय धर्म निर्वाह गर्न अघि सरिरहेको धुर्मुसको भनाइ छ।

त्यस्तै लभिज्म अर्गनाइजेसनले पनि विद्यार्थीहरूलाई सहयोग गरेको छ। अर्गनाइजेसनले पनि १०० बोरा चामल, ८ बोरा दाल, १० कार्टुन तेल र चार बोरा नुन प्रदान गरेको हाे।

उक्त राहत २५० विद्यार्थीलाई वितरण गरिएको थियाे।

प्रतिक्रिया दिनुहोस्