काठमाडौं। आज साँझ कोटेश्वर, जडीबुटीदेखि लोकन्थलीसम्म गाडीको ताँती थियो। मान्छेको भीडभाड त्यतिकै।
साना-साना नानी बाेकेर गाउँ फर्किने पनि त्यतिकै थिएँ। राजधानीमा चल्ने नेपाल यातायात, मयुर यातायात जस्ता धेरै यातायातआवद्ध सवारी सर्वसाधारणलाई लिएर गाउँ जान दर्जनौंको संङख्यामा सडकमा लामबद्ध थिए।
स्थानीय तहले समेत घर फर्कन गाडीको व्यवस्था गरेपछि एक्कासी आज भीड निकै बढेको हो। होम क्वारेन्टाइनमै बसेको र अहिले गाउँ जाने व्यवस्था भएअनुसार गाउँ (दोलखा) जान लागेको एक यात्रुले बताए।
यस्तै, कतिपय यात्रुले भने यहाँ काम नभएर बस्नै गाह्रो भएको र अहिले गाडी पाउने भएकाले गाउँ जान लागेको बताए।
भक्तपुरका प्रहरी प्रमुख, एसपी सविन प्रधानले एक/दुई दिन पहिले ज्याला मजदुरीबाट गुजारा गर्ने व्यक्तिहरू धेरै गाउँ गएको, तर आज भने एक्कासी संख्या बढेको बताए।
“यसरी सडकमा आइसकेकालाई सकेसम्म व्यवस्थापन गरेका छौँ। आज भने रामेछाप, धादिङ, रोल्पा, रुकुम लगायत जिल्लाका सांसद, मन्त्री, मेयरसाबहरूले पनि सहयोग गर्नुभयो। हामीले समन्वय गर्याैँ” उनले भने।
तर, विपत्तिको समयको हिसाबले व्यवस्थापन गर्नुपर्ने उनको तर्क थियो। आजको भीडले निकै जोखिमको भय सिर्जना गरेको उनको भनाइ छ।
“व्यवस्थापन एक्कासी गर्न गाह्रो भयो। तर पनि प्रयास गर्याैँ। साह्रै गाह्रो परेको वर्गलाई त जहिले पनि सहयोग गरेकै थियौँ। आज परिवार भएका विद्यार्थीहरू सबै निस्कनुभयो। एक्कासी भीड बढ्यो। यसले भने व्यवस्थापनमा निकै गाह्रो भयो”,एसपी प्रधानले भने।
लकडाउनको समयमा जोखिमको हिसाबले भीडभाड गर्नु उपयुक्त नहुने एसपी प्रधानले बताए।
“यसरी एक्कासी आउँदा त सबैलाई खतरा हुन सक्छ। पहिला आफू बाँचौ अनि परिवार र समुदायलाई बचाऔँ भन्ने यो समय हो”, उनले भने, “यसरी सबै एक्कासी निस्किदिँदा झनै जोखिम हुन्छ। सकेसम्म बाहिर ननिस्किदिन अनरोध गर्दछु।”
आज साँझ प्रायः परिवार र विद्यार्थीहरू आफ्नो गाउँ जानका लागि सडकमा निस्केका थिए। राजनीतिक दलका प्रतिनिधिहरू, विद्यार्थी संगठनका नेतृत्कर्ता उनीहरूलाई सहयोग गर्न सडकमै पुगेका थिए।
" /> काठमाडौं। आज साँझ कोटेश्वर, जडीबुटीदेखि लोकन्थलीसम्म गाडीको ताँती थियो। मान्छेको भीडभाड त्यतिकै।साना-साना नानी बाेकेर गाउँ फर्किने पनि त्यतिकै थिएँ। राजधानीमा चल्ने नेपाल यातायात, मयुर यातायात जस्ता धेरै यातायातआवद्ध सवारी सर्वसाधारणलाई लिएर गाउँ जान दर्जनौंको संङख्यामा सडकमा लामबद्ध थिए।

">