अबको प्राथमिकता रोजगार र उत्पादन : मुख्यमन्त्री पौडेल

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार धादिङ, दोलखा, रसुवा र काभ्रेका स्थानीय तहका प्रमुखहरूसँग भिडियो कन्फरेन्स गरेका छन्।

कन्फरेन्समा उनले अब रोजगार र उत्पादन क्षेत्र प्राथमिकतामा पर्ने बताए। मुख्यमन्त्री पौडेलले भने, “हिजोको प्राथमिकता पूर्वाधार, सडक र पुलमा थियो । अब रोजगार र उत्पादनको कुरा प्राथमिकतामा हुन्छ ।"

१५ देखि २० लाख युवा विदेशबाट फर्किने भविष्‍यवाणी गर्दै पौडेलले उनीहरूलाई रोजगार दिनुपर्ने परिस्थिति निर्माण हुँदै गएको बताए ।

अहिलेको अवस्थामा स्थानीय तहको काम गर्व गर्न लायक रहेको बताउँदै कोरोना संक्रमण रोकथाम नियन्त्रणको प्रयासको प्रशंसा गरे ।

ज्यालादारी गर्न नपाएर खान समस्या हुनेलाई राहतका लागि प्राथमिकतामा राख्‍न उनले आग्रह गरे ।

राहत वितरणमा प्रतिस्पर्धा गर्ने विकृतितर्फ संकेत गर्दै वितरण प्रणालीलाई व्यवस्थापन गरेर एकद्वार बनाउन निर्देशन दिए ।

मुख्यमन्त्री पौडेलले मंगलबार काभ्रेको धुलिखेल नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, धादिङको नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिकाा दोलखाको शैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखहरूसँग भिडियो कन्फरेन्स गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्