कोभिड-१९ बाट बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

लन्डन। बेलायतमा कोभिड-१९ का कारण थप एक नेपालीको मृत्यु भएको छ।

पोखरा याङ्जाकोट स्थायी घर भई बेलायतको रेडिङ बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको हो।

रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङका अनुसार आइतबार मृत्यु भएका उनीबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो।

श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि गुरुङलाई गत साता अस्पताल भर्ना गरिएको थियो। बेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्