अमेरिकामा आप्रवासीमाथि ६० दिनलाई प्रतिबन्ध
<p>काठमाडौं। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि ग्रिनकार्डको आवेदन स्थगित गरेका छन्।</p>
<p>आप्रवासीहरूको आगमनमाथि प्रतिबन्ध लगाउन उनले ग्रिनकार्डको आवेदन स्थगित गरेका हुन्। </p>
<p>अस्थायी कामदारको हकमा उक्त कार्यकारी आदेश लागू नहुने ट्रम्पले बताएका छन्। र, स्थायी बसोबासको आवेदन भने उक्त अवधिमा बन्द रहने उनले ट्विटमार्फत बताए।</p>
<p>त्यससम्बन्धी कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गर्ने उनले बताएका छन्। हस्ताक्षर गर्नुअघि कार्यकारी आदेशमाथि समीक्षा गर्ने उनले बताएका छन्। यस कार्यकारी आदेशबाट अमेरिकी कामदारहरूको अधिकार रक्षा हुने उनको दाबी छ।</p>
प्रतिक्रिया दिनुहोस्