आफूजस्तै अर्को मानिस तड्पिरहेको देख्दा उनको मन विचलित भयो। उनलाई छटपटी शुरु भयो। कसरी उनीहरूलाई सहयोग गर्न सकिन्छ भनेर सोच्न थाले। श्रीमतीसँग छलफल गरेपछि उपाय निस्कियो।
खान र उनकी श्रीमतीले घरमै बिरयानीका ५० वटा प्याकेट बनाए। आफ्नो पसलमा लगेर खाना खान नपाएकालाई ती प्याकेट वितरण गर्न थाले। लकडाउन शुरु भएको पर्सिपल्ट १३ चैत २०७६ देखि उनले बिरयानी वितरण गर्न थालेका हुन्।
शुरुशुरुमा उनको पसलमा नेपालीभन्दा विदेशी बढी आउँथे। बिस्तारै थाहा पाउन थालेपछि नेपाली पनि आउन थाले। अहिले उनको पसल अगाडि विदेशी र नेपाली गरी दिनहुँजसो दुई सयजनाको लाइन लाग्छ।
दिउँसो १२ बजेदेखि २ बजेसम्म प्याकिङ गरेर ल्याएको बिरयानी वितरण गर्छन्। खानको त्यो काममा एक छाक भए पनि भोक मेटाउन पाएकाहरू उनलाई देवता मान्दै आशिर्वाद दिएर फर्किन्छन्।
उनले वितरण गर्ने बिरयानीबाट एक छाक भए पनि टार्नेमध्ये एक निर्मला तामाङ हुन्। काठमाडौं महानगरपालिका-१९ मा बस्ने निर्मलाले बिहानको छाक यही बिरयानीले भर्छिन्। पाँच वर्षे छोरीसहित काठमाडौंमा बस्दै आएकी उनी बेलुकाको छाकको लागि भने पिरोलिनुपर्छ। बेलुकाको भोक मेटाउन उनी दिनभर विभिन्न ठाउँमा भौतारिन्छिन्।
सरकारले वडा कार्यालयमार्फत् राहत त वितरण गरिरहेको छ। तर, नागरिकता देखाउनुपर्छ। आफ्नो नागरिकता दिएर मात्र पुग्दैन, घरबेटीको नागरिकता पनि देखाउनुपर्छ। घरबेटीले नागरिकता दिन नमान्दा उनी राहत पाउनबाट वञ्चित भएकी छन्। एक छाक भए पनि बिरयानी खान पाउँदा उनी खुशी देखिन्थिन्। बिहान नौ बजेदेखि नै पाक्छ बिरयानी
आफूले वितरण गर्ने बिरयानी बनाउन खान बिहान नौ बजेदेखि नै खटिन्छन्। शुरु-शुरुमा उनी आफ्नो घरमै पकाएर ल्याउने गर्थे। तर, दिनहुँ आउनेको संख्या बढेपछि अचेल उनी चःमतीस्थित भाईको गार्मेन्ट कारखानामा बिरयानी बनाउँछन्।
चामल, गाँजर, बन्दा, मटरकोसा र घिउलगायतका सामान मिलाएर बिरयानी बनाएर उनी दिउँसो ठिक १२ बजे पसलमा पुग्छन्।
पसलमा पुगेपछि शुरुमा उनी डिसइन्फेक्टर छर्किन्छन्। अनि पीपीई लगाएर बिरयानी बाँड्न शुरु गर्छन्।
लकडाउनका कारण ठमेलका होटलहरूमा बसिरहेका केही विदेशी पर्यटकले पनि उनको बिरयानी खान्छन्।
“शुरुमा त विदेशीहरू धेरै आउँथे। अहिले उनीहरू आ-आफ्नो देश फर्किसकेकाले केही कम भएका छन्,” खानले भने।
सहयोगमै छन् भगवान
मजदुरी गरेर जीवन निर्वाह गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने, सडक बालबालिका र ठेला र रिक्साचालक लगायत धेरैले उनको बिरयानीबाट आफ्नो भोक मेटाइरहेका हुन्छन्।
“अरूलाई यसरी सहयोग गर्न पाउँदा एकदमै खुशी मिल्छ। मनमा शान्ति छाउँछ। भगवानलाई ढोग्न हामी मन्दिर जान्छौं। तर, हामीले आफुले सक्ने सहयोग अरूलाई ग¥यौं भने भगवान हामी भित्रै हुन्छ जस्तो लाग्छ,” खान भन्छन्।
सकुञ्जेलसम्म यो सहयोग जारी राख्ने उनको सोच छ। “अरूको खुशीमा नै सबैभन्दा बढी सुकुन मिल्दोरहेछ। यो सहयोग लकडाउन अवधिभर जारी राख्छु,” उनी भन्छन्।
हेर्नूस् भिडिओ