केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सको पीसीआर परीक्षण नेगेटिभ
<p>काठमाडौं। । र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट किट परीक्षणमा पोजिटिभ नतिजा देखिएका केन्द्रीय कारागार अस्पताल जगन्‍नाथदेवलका दुईजना नर्सको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। </p>
<p>कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले दुवै जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे।</p>
<p>आरडीटी किट परीक्षणमा ती नर्सहरूमा पोजिटिभ देखिएपछि टेकुस्थित अस्पतालकै आइसोलेसनमा राखिएको थियो। </p>
<p>अस्पताल स्रोतले उनीहरूको पीसीआर नेगेटिभ आएपछि डिस्चार्ज गर्ने भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्