उदयपुर। तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ जना संक्रमित पुगेको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको संक्रमण फैलदै गएको भए पनि सबै स्थानीयको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या परेको छ। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना संक्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा झण्डै ६५० जनसंख्या रहेको छ। तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ। ३१९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा संक्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दवाव पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।
कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र संघीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको पनि स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुवेदी बताउँछन्। अहिले भुल्केवासी र गाईघाट बजारवासीले दिनानुदिन कोरोनाको संक्रमण स्थानीयवासीमा देखिने र पुष्टि हुँदै गएपछि छिटोभन्दा छिटो सबै अन्य स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्नुपर्ने माग गरेका छन्।
भुल्केमा अहिले कोरोना संक्रमित भएका २४ मध्ये १० जना स्थानीय बासिन्दा रहेको र धेरै भुल्केका कोरेना संक्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने गरेको गाईघाट वडा नं १२ का वडाध्यक्ष जयविक्रम राईले जानकारी दिए । अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको र आफूहरुको माग रहेको गाईघाटका स्थानीयवासी बताउँछन् ।
यता त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र संघीय सरकारसँग अनुरोध गरिरहेको बताए । उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने आशंकामा पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।
५ बैशाखमा भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ भारतीयमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । यस्तै बिराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। हिजोमात्र भुल्केका थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो।रासस
" /> उदयपुर। तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ जना संक्रमित पुगेको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको संक्रमण फैलदै गएको भए पनि सबै स्थानीयको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या परेको छ। स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना संक्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा झण्डै ६५० जनसंख्या रहेको छ। तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ। ३१९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा संक्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दवाव पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

">