नेपालको आकाशमा प्रि-मनसुन सक्रिय

काठमाडौं। बंगालको खाडीबाट आएको जलवाष्‍पयुक्त हावा र प्रि-मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्‍ठका अनुसार प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्‍ने तथा अपराह्न र साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ।

“अहिले प्रि-मनसुनको साथै पश्‍चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो,” मौसमविद् श्रेष्‍ठले भने। उनका अनुसार यस समयमा पश्‍चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ। उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ।

हाल देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्‍चिमी भू-भागमा आंशिक बदली भइरहेको छ। दिउँसो देशभर आंशिक बदली रही देशको पहाडी भू-भागका धेरैजसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ। रासस

प्रतिक्रिया दिनुहोस्